Section 175
असल नियतले गरेकोमा बचाउ
यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम बमोजिम श्रम निरीक्षक, व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य निरीक्षक वा निरीक्षणको काममा खटिएको कुनै कर्मचारी, रोजगारदाता वा श्रमिकले आफ्नो कर्तव्य पालनाको सिलसिलामा असल
नियतले गरेको वा गर्न खोजेको कुनै काम कारबाहीले कसैलाई हािन नोक्सानी हुन गएमा निज विरुद्ध कुनै कारबाही हुने छैन ।तर
जानाजानीवा गलत मनसायबाट गरिएको कुनै कामको सन्दर्भमा भने निज व्यक्तिगत रुपमा जिम्मेवार हुनेछ ।